प्रिमियर इन्स्योरेन्सको ५.४२ लाख बढी कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको झन्डै ५ लाख ४२ हजार कित्ता बढी संस्थापक सेयर आज साउन १४ गतेबाट लिलामीमा राखिएको छ। कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

बोलपत्र साउन २२ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like