मिर्मिरे लघुवित्तको नाफामा उछाल, प्रति शेयर आम्दानी कति?

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै ६ गुणा बढी खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असार मसान्तसम्ममा २० करोड १ लाख ३३ हजार खुद नाफा गरेको छ । जबकी अघिल्लो आवको यसै अवधिमा उसको नाफा ३ करोड ४३ लाख ९३ हजार मात्र थियो । स्वेडा, नागबेली लघुवित्त लगायतलाई गाभेपछि मिर्मिरेको प्रगति उच्च देखिएको हो। जसले श्रृजनशिल लघुवित्तलाई पनि एक्वायर गर्दैछ ।

कम्पनीले खराब कर्जा संकलन तथा खुद ब्याज आम्दानी बढाएर नाफा बढाएको हो। साथै अन्य सञ्चालन आम्दानी आएको सुधार र जोखिम व्यस्थापन खर्च नभएकाले लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

कम्पनीले १ अर्ब ८८ करोड ३५ लाख निक्षेप संकलन गरेर ६ अर्ब ७७ करोड १९ लाख कर्जा प्रवाह गरेको छ । जसले अन्य संस्थाहरुबाट ४ अर्ब ५९ करोड २१ लाख कर्जा सापटी लिएको छ । कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष ९० प्रतिशत र कर्जा प्रवाह १६० प्रतिशत बढी हो ।

हाल कम्पनीको चुक्तापूँजी ४३ करोड ५० लाख ७१ हजार रहेको छ भने जगेडा कोषमा ३४ करोड ५३ लाख ३९ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७९.३८ रुपैयाँ छ । लघुवित्तको निष्क्रिय कर्जा पनि २.९४ प्रतिशतबाट घटेर १.९९ प्रतिशतमा झरेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्ने थप साधारण शेयर ( एफपीओ) ले ‘डबल बि रेटिङ’ पाएको छ । सार्वजनिक निष्काशन पूर्व कम्पनीले क्रेडिट रेटिङ गराएको हो । इक्रा नेपालले कम्पनीको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको हो ।

डबल बि रेटिङ प्राप्त संस्था आधारभुत पक्ष मध्य रहेको देखाउँछ । यस्तो रेटिङ पाउने कम्पनीमा दायित्व बहन गर्ने क्षमता पनि मध्यम जोखिम रहेको मानिन्छ ।

लघुवित्त कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न नेपाल एसबिआई मर्चेण्टसँग बिक्री प्रबन्धक सम्झौता गरिसकको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ ।

बोर्डबाट एफपीओ जारी गर्ने स्वीकृती पाएपछि लघुवित्तले सर्वसाधारणमा एफपीओ बिक्री गर्नेछ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like