ओलम्पिक फुटबल : जापान, स्पेन र मेक्सिको क्वाटरफाइनलमा

समाचार शेयर गर्नुहोस्

जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए ।

यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे ।

घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल प्रवेश गरेका छन् । त्यसअघि नै ब्राजिल, आइभरीकोष्ट, दक्षिण कोरिया र न्युजिल्याण्डले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको