युवा कुटपिट प्रकरणमा जाजरकोटका जुनिचाँदे गा.पा. २ का वडाध्यक्ष पक्राउ

दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गा. पा. – २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए। साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले मिडिया कर्मीहरुसँग कुरा गर्दै भन्नुभयो :- “वडा अध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं,’ हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौं,” पीडितले जाहेरी नदिए पनि कानून बमोजिम कारबाही हुन्छ,’ । पीडितलाई  सदरमुकाम बोलाइएको छौं,  पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like