भोलि पुनः बस्ने पहिलो दिनको बैठक सकियो, नेपाल पक्षको

समाचार शेयर गर्नुहोस्

नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु भएको छ । आजको पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । 

केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए । 

बैठकलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएको पन्तले जानकारी दिए । नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको पनि बताएका थिए । तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने माधव नेपालको भनाइ थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको