सुनचाँदीको मूल्यमा गिरावट

समाचार शेयर गर्नुहोस्

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ। मंगलबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीे बुधबार तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी ११ सय ९० रुपैयाँ प्रतितोलामा खरीदविक्री भइरहेको महासंघले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको