काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपसँग सम्बन्धित नीतिलाई यथावत राख्दै मौद्रिक नीति २०७८/७९ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । उक्त समीक्षा मार्फत केन्द्रीय बैंकले शेयर लगानीकर्ताबाट आलोचित बनेको शेयर धितो कर्जाको व्यवस्थालाई समेत निरन्तरता दिएको छ ।
अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ । तरलता समस्या समाधान गर्न राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा पुनर्विचार गर्न सक्ने बैंकिङ क्षेत्रको अपेक्षालाई बेवास्ता गर्दै राष्ट्र बैंकले हालकै व्यवस्थालाई निरन्तरता दिएको छ ।