एनआईसी एशिया बैंकले सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 (Information Security Management System) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ।
ISO 27001 मापदण्डको आवश्यकताअनुसार यस बैंकले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाएबापत बैंकलाई Quality Austria सँग आबद्ध Certification & Information Security Services GmbH ले यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो।