एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदै

समाचार शेयर गर्नुहोस्

सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका र  रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे । आज विहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको