५२ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिए, विशाल र त्रिवेणी ग्रुपले बनाए लिखु-४ आयोजना

काठमाडौं । निजी क्षेत्रबाट प्रर्वद्धित ग्रीन भेन्चर लिमिटेडले निर्माण गरेको लिखु ४ जलविद्युत आयोजनाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ । आयोजना रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको छ । आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । हाल आयोजनाबाट करिब ३५ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी  र विशाल ग्रुपको लगानी छ । आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । सुरुमा १२० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिखु–४ जलविद्युत आयोजनामा भारतीय कम्पनी भिलवारा ग्रुुप लिमिटेड नआउने भएपछि नेपालको ग्रिनभेन्चरले आयोजनाको क्षमता घटाएर काम थालेको हो । पहिला भारत निकासी प्रयोजनका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरिएको थियो । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबीआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५ ८५ करोड रुपैयाँ ऋण लगानी छ ।

कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । जलविद्युत कम्पनी ग्रीनले ६२ करोड ५० लाख रुपैंया बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like