सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड निर्माता  निर्देशक सञ्जय लीला भन्सालीको बहुचर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ । अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज भएसँगै ‘गंगुबाई काठियावाडी’लाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् । चलचित्रको कथा ‘द माफिया क्वीन अफ मुम्बई’ पुस्तकमा आधारित छ । पुस्तकलाई हुसैन जैदीले लेखेका हुन् । ‘गंगुबाई काठियावाडी’ यही २५ फेब्रुअरीमा रिलिज हुनेछ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like