राम्रो ग्रान्ट भएकाले एमसीसी पास गर्नुपर्नेमा काँग्रेसको जोड

नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार र पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठक जारी रहेकै बेला बाहिरिएका नेता शशांक कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको बताए । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको बताए । ‘शेरबहादुरजीले मलाई पनि यो संक्षिप्तमा ल्याउ म अरु साथीहरुसँग पनि छलफल गर्छु भन्नुभयो’, नेता कोइरालाले बैठकमा सभापति देउवाले राखेको भनाइ उदृत गर्दै भने ।

बैठकमा एमसीसी’bout लामो ब्रिफिङ गर्दै यो राम्रो ग्रान्ट भएकाले यसलाई लिनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा स्थानीय चुनावमा गठबन्धन बनाउने कि नबनाउने ’bout समेत छलफल भएको छ । त्यसक्रममा नेता कोइरालाले काँग्रेसको अस्तित्व जोगाउनका लागि गठबन्धन गर्न नहुने धारणा आफुले राखेको कोइरालाले जानकारी दिए । त्यसैगरी काँग्रेसका भ्रातृ संघ संगठन ’boutको छलफलमा स्थानीय निर्वाचनपछि मात्रै निर्वाचन गर्नुपर्ने धारणा आएको कोइरालाले बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like