दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो

दूग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ । डीडीसी आयोजना कार्यालयहरु( काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुर)ं मा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ ।

यस्तै, वुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ । यस अघि काठमाडौंमा ७६, वुटवल भैरहवामा ७२ र नेपालगन्ज क्षेत्रमा दूधको प्रतिलिटरमूल्य ७० रुपैयाँ थियो ।

संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्ड स्रोतले जानकारी दियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो ।

तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like