घुन्साखोला जलविद्युत आयोजना लगानीमा एनएमबी बैंक र रेमिट हाइड्रोको बीचमा सम्झौता

समाचार शेयर गर्नुहोस्

एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच घुन्साखोला जलविद्युत आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जनताको जलविद्युत कार्यक्रममा समावेश भएको ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्साखोला जलविद्युत आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो ।
रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने एनएमबी बैंकले जनाएको छ ।

घुन्साखोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने छ । एनएमबी बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन २०२२ को निर्देशन अनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको