एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा

समाचार शेयर गर्नुहोस्

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक  ११ बजेबाट सुरु भएको छ ।

एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले पार्टी नेताहरूसँग बालुवाटारमा आन्तरिक छलफल गरी सकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको