रुस र युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा भएको अन्तरक्रियामा जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा संयन्त्र गठन गरिएको हो । एनआरएनएका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।
यस्तै सो समितिको सदस्य सचिवमा डा. चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरुमा जीवन केसी (पोल्याण्ड), हरि बहादुर मल्ल (युक्रेन), शिव कुमार भुर्रतेल (रुस), जया प्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यू
द्वन्द्व पीडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ । अन्तरक्रियामा जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपालीहरु दूतावासको सम्पर्कमा आएको जानकारी दिए ।
उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थाहरुसँग समन्वय गरिरहेको जानकारी दिए । एनआरएनएका अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरे । अध्यक्ष पन्तले भने, ‘अप्ठ्यारो पर्दा ‘एनआरएनएले नेपालीलाई आपत पर्दा जहाँ पनि सहयोग गर्छ कसैले अभिभावकविहिन हुनु पर्दैन। हामी सहयोगका लागि तयार छौँ ।’