नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दियो

जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।
७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरासतमै राख्न सकिन्छ । प्रहरीले अनुसन्धान सकी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेपछि सरकारी वकिलले पलविरुद्ध मुद्दा दर्ता गर्नेछ । तर अनुसन्धानका क्रममा पलमाथि मुद्दा दायर गर्नु नपर्ने भएमा भने मुद्दा दर्ता नगरी तामेलीमा राख्न सक्नेछ ।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like