४० करोडको गाउन उर्वशी लगाइन्

समाचार शेयर गर्नुहोस्

‘फेसन विक’मा उर्वशीले ४० करोडको गाउन लगाएर आइन् । पूर्व मिस युनिभर्स समेत रहेकी उनको सौन्दर्य जो कोहीलाई पनि मोहित पार्ने रहेको छ । अरब फेसन विकमा पनि उनले आफ्नो सौन्दर्यको जादु छरेकी छन् ।
यो फेसन विकमा दुई पटक सहभागी हुने उनी पहिलो भारतीय अभिनेत्री भएकी छन् । कार्यक्रममा उनले लगाएको गाउनको अहिले चर्चा हुन थालेको छ । स्टेजमा उनी सुनौलो रंगको हिराका गहनाले सजाइएको थाई हाई स्लिट गाउन लगाएर स्टेजमा देखिएकी थिइन् । यो पहिरनमा उर्वशी निकै सुन्दर, आकर्षक र बोल्ड देखिएकी थिइन् । गाउन पुर्ण रुपमा गहनाले सजिएको थियो ।

गाउनले उवर्शीको सौन्दर्यमा थप सुन्दरता थापेको थियो । जसको डिजाइन प्रसिद्ध फेसन डिजाइनर फर्ने भान अमान्टोले गरेका हुन् । उनी जेनिफर लोपेज र बेयोन्से जस्ता ठुला स्टारको ड्रेस डिजाइन गर्ने गर्दछन् । गाउँनको मूल्य ४० करोड (भारतीय रुपैयाँ) भएको बताइएको छ । यो गाउन मिस्रीकी सबैभन्दा बलावान र सुन्दर रानी ‘महारानी क्लियोपेट्रा’ बाट इन्सपायर भएर निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको