काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक आज बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे देखि सुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन छलफल हुने नेताहरूको भनाइ छ ।
स्थानीय तहको चुनावी रणनीति तय गर्नेलगायत समसामयिक विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुने भएको पार्टीले जनाएको छ।