मुस्ताङ्ग । पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

 

१९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गरेका हुन् । जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए ।

 

अहिले पोखरा विमानस्थलले खोजीका लागि हेलिकप्टर पठाएको छ । पोखराबाट दुईवटा हेलिकप्टर पठाइएको तारा एयर सूचना अधिकारी सुदर्शन गड्तौलाले जानकारी दिए । विमान पाइलट गौरव घिमिरे र उत्सव पोखरेल उडाएका थिए ।