मेकाले शिक्षा मुर्दावाद

१. सुन्दरता भनेकाे गाेराे छाला र महंगो कस्मेटिकले मात्रै निर्धारण गर्छ भन्ने पश्चिमा चिन्तन (अझ गाेरा फिरंगिकाे सुन्दरता दर्शन) ले नारि मनाेविज्ञानमा ठूलो चेट पर्ने गरेकाे छ। पश्चिमा चिन्तनले नारिजाति माथि ठुलाे अपराध गरिरहेकाे छ।

२. त्यस्तो हाे भने गरिब महिला जसले व्यटि पार्लर गएर हजारौंकाे सुन्दरता जलप लगाउने क्षमता राख्दैनन, के ती सबै नारि कुरुप नै हुन त ?? वा प्राकृतिक रुपले छालाकाे रंग गाेराे(सेताे) नहुने जति कुरुप वा घृणा गर्न लायक महिला हुन त ?? के अब सुन्दर अनुहार वा गाेराे छाला लिएर नजन्मिनेहरुले आत्महत्या गर्नुपर्ने हाे ??

 

३. तलकाे तस्बिर हाम्रो बालबच्चाले अहिले स्कुलमा पढ्ने पाठ्यक्रमकाे हाे। यस्ता चित्र र शब्दहरुले अबाेध बालमनाेविज्ञानमा कस्तो प्रभाव पार्छ ?? यस्तो शिक्षा पाउने बालबालिकाहरु यदि छालाकाे रङ सेताे र सुन्दर नभए भाेलि आफुलाई जन्मदिने आमालाई पनि घृणा गर्न थाल्नेछन। याे एक गम्भीर मनाेवैज्ञानिक मुद्दा हाे।

 

४. शिक्षा जस्तो गम्भीरर संवेदनशील बिषयमा यस्ता कुरा देखिनु भनेकाे एकदमै दु:खद कुरा हाे। नारिकाे अपमान गर्ने र उसकाे महत्त्वलाई केवल आँखाले देखिने बाहिरी सुन्दरताकाे आधारले मात्रै निर्धारण गर्ने षड्यन्त्र नारिजाति माथिकाे एक ठुलाे अपराध हाे। याे पश्चिमा चिन्तन हाे। जहाँ नारिलाई केवल भाेगकाे साधनकाे रुपमा लिने गरिन्छ।

 

५. आँखाले हेर्दा त हामीले पुज्ने देवि ‘काली’ पनि सुन्दर छैनन। तर उनकाे महिमा र याेगदान सधैं पुजनिय छ। हामी वैदिक परम्परावादि, सनातनीहरु नारि पुज्ने सभ्यतामा पर्दछाैं। हाम्रो सभ्यतामा धन वा समृद्धि कि स्राेत माता लक्ष्मी हुन। विद्या, ज्ञान कि स्राेत देवि सरस्वती हुन। र शक्ति कि स्राेत देवि काली हुन।

 

६. अर्थात हाम्रो सभ्यतामा नारि जन्मदिने आमा वा सृष्टिकर्ता मात्रै हाेइनन कि नारि मानिसलाई चाहिने विद्या-बुद्धि, धन-समृद्धि, शक्ति-उर्जा सबै थाेककि जननी हुन नारि ! अत: बालबालिकालाई यस्ताे शिक्षा दिनु भनेकाे उनीहरुको मनाेविज्ञानमा नारिप्रति घृणा र हिनभावकाे बीउ राेप्नु हाे।

 

#याे हाम्रो सभ्यतामाथिकाे प्रहार हाे। अब यस्तो बिषयमा महिला दिदीबहिनीहरुले नै प्रबल रुपमा आवाज नउठाइ हुँदैन। अधिकार र आत्मसम्मानका कुरा गर्ने महिला अधिकारकर्मिहरु खाेइ ??

मेकाले शिक्षा मुर्दावाद !

लेखक :- भुबन कठायत

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like