देवघाटधाम मा घुइँचो बढ्दै।

चितवन
प्रत्येक बर्ष जस्तै अहिले पनि श्रावण महिना भरि को सोमबार का दिनहरुमा देवाधिदेव हरुको आश्रयस्थल र महेश्वर भगवान को तपोभूमि देवघाटधाम मा भक्तालु हरुको घुइँचो बढ्दै गएको छ ।

आज परेको चौथो सोमबारको घुइँचो ले नेपालमा बैदिक सनातनीको आशा भरोसा र बिस्वास अझै बढेको देखिएको छ । शैब शक्ति को उत्पत्ति भएको भुमि नेपाल हो ।
अब अन्तिम सोमबार पनि देवघाट धाम मा भक्तालुहरु को बाक्लो घुइँचो लाग्ने अनुमान गरिएको छ। सोहि अनुमान अनुसार जिल्ला ट्राफिक कार्यालय र प्रहरी प्रशासनको सहकार्य मा थप सुरक्षा र ब्यबस्थापन को लागि रणनीति बनाइएको जानाकारी जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । हाल देवघाट धाम सम्म जाने सडक एक मुखे बनाइएको छ । रामनगर हुदै देवघाट जाने र पुजा आराधना सकेर बागेश्वरी आश्रम हुदै आपटार निस्केर फर्कने बन्दोबस्त बनाइएको छ । जस्को कारणले पहिले पहिले जस्तै हुने घण्टौ को जाममा भक्तालु जनहरु बस्नु नपरेकोमा भक्तजनहरुले खुशि प्रकट गर्नु भएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like