नबिल बैंकले ल्यायो फोनलोन-क्यू आर मर्चेन्ट सुविधा

नेपालमा पहिलो पटक नबिल बैंकले आफ्ना क्यू आर मर्चेँन्टलाइ फोनलोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोनलोन-क्यू आर मर्चेन्ट नामको सेवाको सुरूवात सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङ मार्फत तुरून्तै कर्जा पाउन सकिने भएको छ ।

नबिल बैंकले UNCDF को सहकार्यमा साना तथा मझाैला व्यवसाय गरिरहेका युवा तथा महिला उधमीहरूलाइ लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरूले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्ने छ र नबिल स्मार्ट बैंकिङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रू १० हजार बराबरको कारोबार गर्नुपर्ने छ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।

“यो नबिलले ल्याएको पूर्ण रूपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाइ आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरूलाइ डिजिटल कारोबार गर्न प्राैत्साहान गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हाैं,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताउनुभयो । उहाँले यो सेवाले साना तथा मझाैला व्यवसाय गरिरहेका युवा तथा महिला उधमीहरूलाइ अाफ्नो व्यवसाय विस्तार गर्न मदत पुग्ने र डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताउनु भयो ।

सुरूवाती चरणमा व्यवसायीहरूले र १ लाख सम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस भन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको बैंकल अहिले यस सुविधालाइ अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like