कोरोनाका कारण थप ३ जनाको मृत्यु,संक्रमणको दर उच्च

समाचार शेयर गर्नुहोस्

आज स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन द्वारा प्राप्त भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा भएको कुल ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९४ जनामा कोरोना संक्रमण सुष्टि भएको र ३ हजार ९१ एन्टिजेन परिक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको उक्त पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसै समयवधिमा कोरोनाले गर्दा ३ जनाको मृत्यु भएको छ जसपश्चात् नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९७७ पसगेको छ । यस साथै २४ घण्टाको समयवधिमा ४१४ निको भएका छन् भने १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरूद्दको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको