नेपालको मेनपावर र मलेसियाको कम्पनी बीच सम्झौता

दिब्यपाना
भदौ ३,२०७९

रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया जान पाउने भएका छन् । नेपाल सरकारले मलेसिया सरकार सँग एक कार्यक्रमका बिच उक्त निर्णय लिएको हो ।

त्यसका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रा ली मेनपावर र मलेसियामा रहेको कम्पनी माई टेक त्यस्तैएसेम्ब्ली एसडिएन बिएसडिले सम्झौता भएको छ । सम्झौता भए अनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली कामदारले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउने भएका छन ।
कम्पनीले पहिलो चरणमा १००० कामदार मलेसिया लैजाने र केही समयमै थप १००० कामदार मलेसिया लैजाने कम्पनीले जनाएको छ । छनोट भएर मलेसिया जाने नेपाली कामदारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने कम्पनीले जनाएको छ ।

यसरी शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर हुने र त्यही नुसारको लक्ष्य लिएर मेनपावरले कार्य गरिरहेको बताईएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like