काँग्रेस नेता प्रदीप गिरिको निधन, आज अन्त्येष्टि गरिने

भदौ ५, २०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९:३० बजे गिरिको निधन भएको हो ।शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ ।

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए ।

उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थियो । एक नेपाली राजनितिका उर्जाको अवसान भएको अधिकांश नेताहरुको भनाई छ । उहाँका लेख प्रवचनको धेरैले प्रशंसा गर्ने गर्छन् । उहाँलाई एक ज्ञानको भण्डारको रुपमा पनि हेरिने गरिन्थ्यो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like