आजको राशिफल

समाचार शेयर गर्नुहोस्

राशिफल शेयर गर्नुहोस् ।

1 मेष राशि

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

आफन्त र साथीभाईको सहयोग मिल्नेछ । महत्त्वपुर्ण कामको थालनी हुनेछ । परोपकार तथा सामाजिक कार्यमा मन जानेछ ।

2 वृष राशि

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

इज्जत प्रतिष्ठामा आँच आउन सक्छ, सजक रहनु होला । श्रीमान् श्रीमती वा प्रेमी प्रेमिका बीच बेमेलको वातावरण बन्न सक्छ । गाईलाई खान दिएर दिनको सुरूवात गरे राम्रो होला ।

3 मिथुन राशि

(का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

परोपकारको क्षेत्रमा मन रमाउनेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर आउनेछ । धन सञ्चय हुनेछ । हाँसखेलमा दिन बित्नेछ ।

4 कर्कट राशि

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

सामाजिक क्षेत्रमा लगानी गर्ने समय आएको छ । यदि घर बाहिर कोही आफन्त भए घरपरिवारसँग भेटघाट हुनेछ । रमाइलोमा समय बित्नेछ ।

5 सिंह राशि

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

परिणाममुखी जिम्मेवारी वहन गर्नुपर्नेछ । मठ मन्दिरको दर्शनका लागि यात्रा फलदायी हुनेछ र शरीरमा उर्जा मिल्नेछ ।

6 कन्या राशि

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

घरायसी वातावरण असामान्य बन्नसक्छ । झिना मसिना काममा धेरै समय खर्चिनु पर्न सक्छ । परेवा वा भँगेरालाई खान दिएर दिनको सुरूवात गर्नु होला ।

7 तुला राशि

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । टाढाका आफन्तसँग भेटघाट र रमाइलो हुनेछ । रोकिएका काम सन्चालनमा आउनेछन् ।

8 वृश्चिक राशि

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

बोलीचालीमा निखार आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीले दिएको सुझाव महत्त्वपूर्ण हुनेछ । मन प्रसन्न रहनेछ ।

9 धनु राशि

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

आज भाग्यले साथ दिनेछ । परोपकार तथा सहयोगी कार्यमा सहभागी हुने समय छ । साझेदारी काममा पनि यथोचित सफलता मिल्नेछ ।

10 मकर राशि

(भो , जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) – Capricorn

घरमा नाता कुटुम्ब र भद्र भलाद्मी सुझाव सहितको आगमन रहनेछ । टाढा रहेका परिवारका सदस्यको आगमनले मन खुसी रहनेछ ।

11 कुम्भ राशि

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

प्रवचन तथा वक्तित्व कलामा विजयी हनुका साथै मान प्रतिष्ठा मिल्नेछ । परोपकारी तथा रचनात्मक काममा सफलता मिल्नेछ ।

12 मीन राशि

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces

मनमा शान्ति छाउनेछ । धार्मिक तथा सामाजिक कार्यमा मन रमाउनेछ । प्रशस्त मान सम्मान मिल्नेछ । साहस र हिम्मत बड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको