कोरोनाले पठनपाठनमा प्रभाव

समाचार शेयर गर्नुहोस्

भाद्र ५,२०७९
गोरखा- आरूघाट गाउँपालिका-८ को दरबार मावि आरूपोखरीको शिक्षक र विधार्थीहरूमा कोरोना देखिएपछि पठनपाठन एक साताका लागि बन्द गरिएको छ । शुक्रबार गरिएको परीक्षणमा आरूपोखरीका ६६ जना मध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको आरूघाट गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक सुनिता अधिकारीले बताइन् । त्यसमध्ये १५ विधार्थी र १ शिक्षकमा संक्रमण पुष्टि भएका छन् ।

विद्यालयमा एक्कासी रूघाखोकीको बिरामी बढ्नथालेपछि विद्यालयकै आग्रहमा एन्टिजेन परीक्षण गरिएको थियो । विद्यालयमा थप संक्रमण फैलन नदिन स्वास्थ्यकर्मीकै सल्लाहमा भदाै १० सम्म पठनपाठन बन्द गरेको छ । जिल्लामा केही समय कम भएको कोरोना संक्रमण साउन लागेसँगै बढ्न थालेको हो । विद्यालयमै संक्रमण फैलिन थालेपछि पठनपाठन कठिन बन्दै गएको हो ।

भिमसेन थापा गाउँपालिकामा मात्र ५ विद्यालयमा ३८ विधार्थीमा कोरोना पुष्टि भएको छ । वडा नं.१ को विन्द्रावती मावि मसेल,दुल्लभ मावि घ्याम्पेशाल,कनकामना र चण्डेश्वरी आधारभूत विधालय र वडा ६ को नवजागृति चण्डी मावि अश्राङको २ सय ४३ जना विधार्थीमा गरिएकत्र परिक्षणमा देखिएको हो ।

यी विद्यालयहरूमा अहिले पठनपाठन बन्द भएको छ,कोरोना जोखिम न्यूनीकरणका लागि स्वास्थ्यकर्मीको सल्लाहसुझाव बमोजिम विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालय बन्द गराएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले संक्रमण देखिएका विधार्थीहरूको स्वास्थ्य अवस्थाको निरन्तर हेरविचार भइरहेको बताए । स्वास्थ्यकर्मीको अनुसार संक्रमितहरूको स्वास्थ्य सामान्य भएको बताएको छ । सक्रिय संक्रमित भिमसेन गाउँपालिकामा ४० र आरूघाट गाउँपालिकामा २३ जना छन्। अहिले सबै होमआइसोलेसनमा छन् । कुनै टोल वा विद्यालयमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी भेटिए स्वास्थ्यकर्मी परिचालन गरेर परीक्षणको दायरा फराकिलो बनाएको भिमसेन थापाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए । हाल जिल्लाभर ८३ जना कोरोना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको