चितवन,भरतपुर-१५
नेपाली नारीहरूको महान चाड तीज सुरू भएसँगै गाउँघर तथा शहर बजारमा यसको राैनकता छाउँदै गइरहेको छ । विशेष गरी नारीहरूले आफ्नो दुःख,सुख र वेदनालाइ गीतको माध्यमबाट प्रस्तुत गर्दै नाचगान गर्दै नेपाली हिन्दु नारीहरू यस पर्व मनाउँदै आइरहेका छन् । यसै क्रममा आफ्नो धार्मिक परम्परा तथा सांस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले भरतपुरको नमुना टोलको रूपमा विकसित भइरहेको भरतपुर-१५, स्थित जानकी-नमुना टोल र आनन्द आमा समूहको संयुक्त आयोजना तीज विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आधुनिक समयमा बढेको भड्कीलाे र संस्कृतिमै छास आउने गरेको अवस्थामा यस टोल सुधारले आमा समूह तथा स्थानीय र राष्ट्रिय कलाकार मार्फत कार्यक्रम सभ्य र भभ्य तरिकाले सम्पन्न गरेको छ । भावना लोप हुँदै गएको संस्कृतिलाइ बचाइ राख्नुपर्ने सम्पूर्ण नेपालीको दायित्व हो,भन्दै कार्यक्रमको सभापतित्व गरेका टोलका सभापति श्री संजय पाैडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । समाजका प्रतिष्ठित व्यक्तित्व र भरतपुर वडा नं.१५ का अध्यक्ष श्री श्रीकृष्ण देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सुरू भएको थियो ।
कार्यक्रममा शुभकामना आदान प्रदान र सास्कृतिक कार्यक्रमका लागि चर्चित गायिका सरिता गुरूङ्ग उक्त कार्यक्रमकाे प्रमुख आकर्षणको माध्यम बन्नु भएको थियो । यसैगरी स्थानीय कलाकार तथा सर्व उद्दारक यमलाल भण्डारी र कलाकार रमेश राज भण्डारीले पनि कार्यक्रममा थप उर्जा र माहोल तताउनु भएको थियो ।
कार्यक्रमलाइ सहजीकरणका रूपमा टोलका सचीव श्री गोपाल कंडेल र सुस्मा देवकोटाले गर्नुभएको थियो । कार्यक्रमका स्थानीय आमा समूहहरूको उत्कृष्ट सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।