घरेलु हिंसाका घटना दिनप्रतिदिन बढ्दै

भाद्र ६, २०७९
पर्वत- पर्वत जिल्ला प्रहरी कार्यालयको महिला सेल प्रमुख प्रहरी नायब निरीक्षक पूर्णिमा थापालाइ केही वर्षदेखि ‘ड्युटी’को ठेगान छैन् । दिनको ८ घण्टा मात्रै ड्युटीमा खट्नुपर्ने उनलाइ दिन प्रतिदिन जसो कुनै न कुनै जसो लिखित उजुरी,समस्याका फोन र झैझगडाका समस्याले व्यस्त हुनुपरेको छ ।

प्रहरी सेवाको करिब डेढ दशक लामो अनुभवमा थापाले गएको वर्षहरूमा सबैभन्दा धेरै घरेलु तथा लैंगिक हिंसाका उजुरीका सामाना गर्नुपर्यो । घरेलु हिंसा नियन्त्रणका लागि थुप्रै प्रयास तथा सचृतनाका कार्यक्रमहरू नभएका भने होइनन् । स्थानीय तहदेखि विभिन्न सरोकारवाला कार्यलय तथा सामाजिक समूह लगायतले भेला,गोष्ठी,सचेतना अभियान,दिवस मनाउन लाखाैँ बजेट खर्चिरहेकै छन् । तर पनि घटना भने दिन प्रतिदिन वृद्दि हुँदै गएकत्र प्रहरी तथ्यांकले देखाएको छ ।

प्रहरीको महिला सेलमा दर्ता हुन आएका उजुरीलाइ आधार मानेर बर्सेनि घरेलु हिंसाको ग्राफ बढ्दो देखिएको छ । आर्थिक वर्ष २०७६\७७ र २०७७\७८ को तुलनामा आव २०७८\७९ मा दोब्बर भन्दा बढी वृद्दि भएको देखिन्छ । आव ०७६\७७ मा विभिन्न शीर्षकमा हिंसाका २६ उजुरी दर्ता भएकोमा ०७७\०७८ मा ३८ जनाले हिंसाको उजुरी दर्ता गराएका थिए ।

पर्वत प्रहरीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रकाश राउतले बताएअनुसार गएको वर्ष कुटपिट,झैझगडाका ५०,गाली बेइज्जतका १३,अमानवीय व्यवहारका ९ र खान,लाउन नदिएको १७ गरी ८१ वटा उजुरी परेका हुन् । प्रहरीले साना घरायसी विवाद मिलापत्रबाटै टुंग्याउथ्यो तर ठुला प्रकृतिका र मिलाउन गाह्रो खालका घटना अदालती प्रक्रियामा पठाइने महिला थापाले बताइन् । थापाका अनुसार ०७६\७७ मा एउटा मात्रै घटना अदालती प्रक्रियामा गएकोमा ०७७\७८ मा दुइवटा उजुरी अदालत पठाइयो । गएको वर्ष भने ११ उजुरीका घटना प्रहरीकोमा मिल्न नसकेपछि अदालत पठाउनुपर्यो । ‘यो ग्राफ हेर्दा हाम्रो समाज बिस्तारै विकसितसँगै स्वतन्त्रता उन्मुख भएको मान्नुपर्छ,’थापा भन्छिन्,’सानातिना घटना सहेर बस्ने बानी बिस्तारै घट्दै छ । कहिलेकाहीँ सामान्यभन्दा सामान्य विवादका केस आउँदा उकातिर समाज यतिसम्म सक्षम भएछ भन्ने पनि हो,अर्कोतिर समाज फेरि समाज विखण्डनतर्फ धकेलिएछ भन्ने पनि लाग्छ ।’विगतमा प्रायः महिलामाथि हुने हिंसाका घटना मात्रै आएकोमा अचेल पुरूष पिडामा परेका घटना पनि आउने गरेको थापाले बताउँछिन् । गतवर्षका ८९ वटामध्ये १५-१६ वटा घटना पुरूष पीडित भएका दर्ता भएको तथ्यांक छ ।

प्रहरी निरीक्षक राउत प्रहरीमा मुद्दा आएपनि अधिकांश केसमा पारिवारिक सम्बन्धकाे महत्व,त्यसले बालबालिकामा पर्ने असर,सम्बन्ध चिसिएपछि भोग्नुपर्ने मानसिक पीडा र बाैद्दिक क्षति लगायत ’boutमा सम्झाइबुझाइ गरेर मिलापत्र गराउनेमा ध्यान दिने गरेकत्र बताउँछन् । ‘सकारात्मक पाटोबाट हेर्दा यस्ता उजुरी बढ्नुले व्यक्तिमा सचेतनाका अवस्था वृद्दि भएको पनि भन्न सकिन्छ’, उनले भने,’तर,त्यसले स्वयम् व्यक्ति र परिवारमा पार्ने दिर्घकालीन असर’bout बुझ्नुपर्छ ।’

पछिल्ला ३ वर्षकाे तथ्यांक हेर्दा प्रहरीमा आउने ठाडो उजुरीमा पनि वृद्दि भएको छ । आव २०७६\७७ मा २० वटा ठाडो उजुरी दर्ता भएकोमा १७ वटाको मिलापत्र र ३ वटा मिल्न बाँकी छ न् । २०७७\७८ मा १८ उजुरी परेकोमा ११ वटाको मिलापत्र भएको र ७ वटा बाँकी छन् । गत आवमा दर्ता भएका २५ ठाडो उजुरीमध्ये २० वटाको मिलापत्र गराइएको र ५ वटा अझै मिल्न बाँकी रहेको थापा बताउँछिन् । पछिल्लो समय खुल्ला र स्वतन्त्र जीवनशैली,वाक स्वतन्त्रता,सञ्चार प्रविधिको वहुँच लगायतका कारण अति सामान्य कुरा आपसमा सहना नसक्नाले हिंसाका गतिविधि बढेको हुन सक्ने पर्वतका प्रहरी प्रमुख डिएसपी मधुसुधन न्याैपाने बताउँछन् । समाजशास्त्रका प्रध्यापक राजेन्द्र पहाडी आधुनिकतासँगै विकास भएको संस्कार,पश्चिमा संस्कृतिको प्रभाव,वैदेशिक रोजगारी,विलासिताको जीवनशैली,कोभिडपछि देखिएको आर्थिक समस्या लगायत कारण घरेलु तथा लैंगिक हिंसा बढ्दो क्रममा रहेको तर्क छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like