विमानस्थलबाट पक्राउ परेका एक जनालाई दिशाँ गराउँदा झन्डै एक किलो सुन दिशा सँगै निस्कियाे

काठमाण्डाै – त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ ।

हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डाै मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको प्रहरीले जनाएको छ ।

दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा पोका फेला पारेको र त्यो झन्डै एक किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like