हिजोको तुलनामा आज सुनको मूल्य रू ३०० ले घट्यो

समाचार शेयर गर्नुहोस्

काठमाडौँ
आज मंगलबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ । हिजो प्रतितोला रु ९५ हजार ३ सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु ३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ५ सय छ र यसको मूल्य हिजो प्रतितोला रु ९४ हजार ८ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ५ ले घटेर रु १ हजार १ सय ६० तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको