चितवनमा ६ सवारी साधन तोडफोड गरेकोमा ५ जना बन्दकर्ता पक्राउ

समाचार शेयर गर्नुहोस्

भाद्र ७,२०७९
चितवन नेपाल कम्युष्टि पार्टीसहित नेत्रविक्रम चन्द नेतृत्वको ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् र ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले ३ वटा बस, २ वटा ट्रक र १ वटा कार तोडफोड गरी सामान्य क्षति पु-याएका छन् । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने ५ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *