गाँजासहित पूर्वपश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिवासबाट एक जना पक्राउ

बुधबार,भाद्र ८,२०७९
पूर्वपश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि जिल्ला ट्राफिक प्रहरी तथा इलाका प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको चेकिङ प्रहरी टोलीले विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा पिताम्बर साह अवैध लागुऔषध गाँजासहित पक्राउ परेका हुन् ।

सर्लाहीको गोडैता नगरपालिका वडा नं. ११ माधोपुर बस्ने वर्ष २६ को पिताम्बर साह पक्राउ परेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग.१ ख.९०३० नम्बरको महाकाली डिलक्स बस रोकी चेकजाँच गर्ने क्रममा बसमा लुकाई छिपाई राखिएको कालो रङको झोलामा प्लाष्टिकभित्र ३ किलो ९६ ग्राम अवैध लागुऔषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like