बिहिबार,भाद्र ९,२०७९
टमाटरसँग कुनै सम्बन्ध नभएको तर नाम चैँ ‘टम्याटो फ्लू’। जुलाई २६,२०२२ मा भारतको केरलामा पाँच वर्ष मुनिका ८२ बालबालिकालाई टम्याटो फ्लू भएको पुष्टि भयो । फेरि अगस्ट २४, २०२२ मा भारतमा टम्याटो फ्लूका १०० भन्दा बढी केसहरू भेटिए। केरला बाहेक अहिलेसम्म ओडिशा,तमिलनाडु र हरियाणा जस्ता राज्यहरूमा टम्याटो फ्लूका बिरामी भेटिएका छन् ।
यस रोगबाट संक्रमित केरलापछिको सबैभन्दा धेरै ओडिशामा भएका छन् । त्यहाँ कुल २६ बालबालिकामा यो फ्लू पुष्टि भएको छ र यी सबै बालबालिका १ देखि ९ वर्ष उमेर समूहका छन् ।