बिहिबार,भाद्र ९,२०७९
भरतपुर । तीज हिन्दु नारीहरूको विशेष पर्व हो र नजिकिँदै पनि छ । तर,अहिलेको समयमा भने हिन्दु महिलाका लागि मात्रै नभई नेपाली महिलाका समेत हिस्सेदारी पर्वका रूपमा स्वीकृत भइसकेको छ ।
तीजका दिन एक ठाउँमा जम्मा भई वर्षभरिका दुःख बिसाउथे,वेदना पोख्थे तर अहिले ती सबै इतिहास भइसके र अहिलेको बजारिया तीज पार्टी प्यालेस र ठूला ठूला होटलहरूमा कमर्यक्रम हुन थाले । हिजोका दिनमा मादल बजाउँदै आफैँले गीत गाएर तीजमा नाच्ने चलन थिए भने अहिले आधुनिकतासँगै ठूला–ठूला होटलहरुमा संगीतका ध्वनि घन्काएर नाचगानसँगै खानपिन गर्न थालेका छन् । यी सबैका लागि उपयुक्त नहुने भएपछि हरेक वर्ष जिल्ला प्रशासन कार्यालयले नियमन गर्ने प्रयास गर्दै आएको छ ।