बालबालिकाको सिकाइलाई कक्षाकोठाको सिकाइले मात्र पुग्ला त ?

बिहिबार,भाद्र ९,२०७९
काठमाडौँ । मानिस सामाजिक प्राणी हो । मानिसको आचरण तथा व्यवहारले उसको संस्कृतिको विचार, अभिव्यक्ति तथा व्यवहार झलक दिन्छ । यस दृष्टिकोणले हेर्दा संस्कृति एकप्रकारको बाँच्ने जीवनशैली हो । यस्तो शैली मानवेत्तर प्राणीहरुमा पनि हुन्छ । हामीले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा निश्चित सिमानाभित्र आवतजावत गर्ने हात्ती,आफ्नै इलाका क्षेत्र कायम गरेर बस्ने बाघ,भालु,सिंह,स्याल इत्यादिलाइ देखिरहेका हुन्छाैँ । यी सबै प्राणीहरू माैसमअनुसार बसाइँसराइ गर्छन् र बसाइँसराइका पनि निश्चित क्षेत्र हुने कुरा त्यस विषयमा अध्ययन अनुसन्धान गर्नेहरूले बताउने गर्छन् ।कुनै सिमानाभित्र बसोबास गर्ने उनीकरूको कुनै न कुनै सामुहिक व्यवहार वा चालचलन नै उनीहरूको संस्कृति हो ।

सम्पूर्ण जीवनको जग भनेको बाल्यकाल हो । घर बलियो बनाउनलाई जग बलियो बनायनुपर्छ भनेझैं जगमा दिइने असल शिक्षा र व्यवहारजस्तो प्रभावकारी पछिल्ला सिकाइ र शिक्षा हुँदैनन् । नयाँ पुस्तालाई यो कुरालाई मनन गर्दै देश, समाज र परिवारको संस्कृति, परम्परा तथा मूल्यमान्यताको शिक्षा आफ्नो घर परिवारले दिनुपर्छ । यी बाहेक विद्यालयहरूले पनि बालबालिकालाई सामाजिक, सांस्कृति पर्वमा सहभागी गराउने, विद्यालयमा त्यस्ता अवसर पारेर त्यस्ता क्रियाकलाप प्रदर्शन गर्ने, सिकाइलाई व्यावहारिक बनाउन बालबालिकालाई सहभागी हुने र सुने बुझेका कुरा टिपोट गरी सुनाउने जस्ता कार्यलाई मूल्याङ्कनको विषय बनाउन सक्छन् । सिकाइलाई कक्षाकोठाको भित्री वातावरणबाट निकालेर प्रकृतिसँग जोड्ने, आगमनात्मक र सिर्जनात्मक सिकाइमा जोड दिनु आवश्यक छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like