विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थी एकै पटकमा फुड पोइजन भइ बिरामी

समाचार शेयर गर्नुहोस्

बिहिबार,भाद्र ९,२०७९
झापा । छोला र मुरै खाँदा फुड पोइजन भएर झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थी एकै पटकमा बिरामी परेका छन्।

विद्यालयमा सञ्चालित चमेना गृहमा खाजा खाएको आधा घण्टापछि विद्यार्थीहरू एकाएक गरी बिरामी पर्न थालेको र उनीहरूलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको र थप स्वास्थ्यमा समस्या देखिएपछि मेची अस्पताल ल्याएको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको