शुक्रबार,भाद्र १०,२०७९
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले साताको सुरू तथा मध्यतिर प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको बताएको छ ।
साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
विभागका अनुसार देशका अधिकांश भू–भागमा धेरै रहेको तापक्रम हल्का घट्ने र सामान्य रहको तापक्रम हल्का बढ्ने सम्भावना रहेको बताए र हिमाली भेगको तापक्रममा उल्लेखनीय परिवर्तन नहुने बताइएको छ ।