त्यस दिन राती सन्दिपले मलाई पटक -पटक बलात्कार गर्यो ।- पिडित पक्षको जाहेरी

काठमाण्डौ
प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ।

लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।

लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ।

लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए।

सोही राती आफूमाथि लामिछानेले पटक-पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ।

काठमाडौं-९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार उनले दाबी गरेकी छन्।

जाहेरी दर्ता भएसँगै किशोरी को स्वास्थ्य चेकजाँच को लागि पठाइएको छ ।

घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ।

भदौ ६ गते लामिछाने टी-२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like