विक्रम पाण्डेको प्राथमिकतामा माडीका नदी नियन्त्रणदेखि चक्रपथसम्म

माडी । चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवारसमेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडीमा नदी नियन्त्रण गर्नेदेखि चक्रपथ निर्माण गर्नेसम्मका प्रतिबद्धता जनाएका छन् ।

माडी वडा नं १ को सेरूवा र पाण्डवनगरमा भएको चुनावी सभामा नेता पाण्डेले माडीमा नदी नियन्त्रण गरेर कृषि उपजको विकास गर्न सकिनेसमेत बताए ।

उमेदवार पाण्डे चुनावी प्रचारप्रसारका लागि आइतबार माडी आइपुगेका छन् । माडी नगरपालिकाको वडा नं–१ को सेरूवाबाट सुरू भएको चुनावी अभियान आइतबार दिनभर माडीका विभिन्न वडा तथा टोलमा घरदैलो तथा चुनावी भेटघाट कार्यक्रम रहेको थियो । अभियानका क्रममा माडीवासीका समस्या’bout आफू पूर्ण जानकार रहेको भन्दै माडीवासीका लागि गर्नुपर्ने काममा आफू कम्मर कसेर लागेको उनले बताए ।

चुनावी प्रचारप्रसारका क्रममा माडी–२, भैरवपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले माडीमा चक्रपथ निर्माण गरी विकासबाट परिवर्तन गरिने बताए । आफू मन्त्री भएको पालामा १९ वटा पुल निर्माणको सुरूवात भएको भन्दै माडीको विकासले मंसिर ४ पछि थप गति लिने उनले बताए ।

आफूले सुरूवात गरेको कामको अन्य दलका नेताहरुले जस लिँदै हिँडेको बताउँदै उनले माडीमा अझै पनि विकासका धेरै काम गर्न बाँकी रहेको हुँदा आफूले पुनः माडीको विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like