मध्य नेपाल मेघौलीको विकासले पश्चिम चितवनको मुहार फेर्छ – पूर्वमन्त्री पाण्डे मेघौलीको विकासले पश्चिम चितवनको मुहार फेर्छ – पूर्वमन्त्री पाण्डे

समाचार शेयर गर्नुहोस्

चितवन क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मेघौली क्षेत्रको विकासले पश्चिम चितवनको मुहार फेर्ने बताउनु भएको छ । कृषि उपजको उर्वर भूमिमा उत्पादनलाई दोब्बर बनाउने हो भने कृषि क्रान्ति गर्न सक्ने बताउनु भएको हो । सोमबार चुनावी प्रचारप्रसारका क्रममा भरतपुर–२७ पर्साढाप आइपुगेका राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता पाण्डेले कृषि उत्पादन

समयमा नपाउने मल, बीउ पनि कमसल ल्याएर किसानको खेत बिगार्ने काम सरकारले नै गर्दै आएको उहाँको आरोप छ । स्थानीस्तरमै मल उत्पादन गरेर कृषि उत्पादन बढाउने हो भने पश्चिम चितवनको उत्पादनले देशलाई नै धान्ने उहाँको भनाइ छ। कृषि र पर्यटन क्षेत्रको विस्तार गर्ने हो भने देशी, विदेशी पर्यटकसमेत पश्चिम चितवनको अवलोकन गर्न आउने स्थान बन्ने उहाँले बताउनुभयो ।                                                                                                                                                                                                                                                                                                                                                                                                   

भरतपुरबाट गोलाघाटसम्मको सडकलाई जनताको चाहना र आवश्यकताअनुसार गुणस्तरीय सडक निर्माण गर्न सकिने उहाँले बताउनुभयो । गोलाघाटसम्म पुग्नको लागि गुणस्तरीय सडक निर्माण गरे बाटो छोटिने र पर्यटकलाई सहज हुने उहाँले बताउनुभयो । ‘अब मंसिर ४ पछि यहाँको विकास र कृषि उत्पादनमा विक्रम पाण्डेले गरेको काम हेर्न पाउनुहुनेछ,’ उनले भने, ‘तपाइँहरुले मलाई मतदान गरिदिए पुग्छ, बाँकी काम म आफैँ गर्छु।’ चितवनलाई स्वर्गको मन्दिर बनाउन चाहेको उहाँले बताउनुभयो ।विभिन्न कालखण्डमा आफ्ना लागि भन्दा पनि पार्टीको लागि भनेर नेतृत्व चुन्दा विकासको गति रोकिएको उहाँले बताउनुभयो । त्यसैले अबको निर्वाचनमा आफ्नो सन्तति र आफ्नो ठाउँको विकासको लागि सही नेतृत्व छानेर मतदान गरिदिन पनि नेता पाण्डेले आग्रह गर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको