चितवन क्षेत्र नं.३ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले माडीमा घरदैलो अभियाना जारी राख्नु भएको छ । आज बिहान राम मन्दिरको दर्शन गरेर सुरू गरेर माडी नगरपालिकको वडा नं. ८ र ९ को घरदैलो कार्यक्रम साँझसम्म जारी रहनेछराममन्दिर, प्याउलीकुना, खरकट्टा, कान्छी बगई, गणेशकुञ्ज, कृष्णनगर, कान्तिपुरलगायतका स्थानमा घरदैलो गरिएको राप्रपा चितवन क्षेत्र नं.३ (ख) का अध्यक्ष रामकृष्ण क्षेत्रीले जानकारी दिनुभयोमाडीको समग्र विकासको लागि यो निर्वाचनमा आफूलाई जिताइदिन पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले मतदातालाई आग्रह गर्नुभएको छ । माडी नगरपालिकाका सबै ठाडा खोलाको समस्या समाधान गर्नुका साथै किसानका खेतसम्म पुग्ने बाटोलाई पक्की मार्गमा स्तरोन्नति गराउने बताउँदै आउनुभएको छ ।माडीको कृषि क्षेत्रमा दोब्बर उत्पादन गराउने र त्यसको बजारीकरण’bout पनि दीगो योजना बोकेर चुनावी अभियानमा निस्किएको नेता पाण्डेले बताउनु भएको छ ।