म्याजिकको ठक्करबाट दुई जनाको मृत्यु, दुई जना घाइते

भरतपुर । बिहीबार बेलुकी ७ः२५ बजेको समयमा भरतपुर महानगर-१५ स्थित रामपुर क्याम्पसअगाडि भरतपुरबाट शारदानगरतर्फ आउँदै गरेको ना १ज ५६०५ नम्बरको म्याजिकले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा म्याजिकमा सवार स्याङ्जाका २४ वर्षीय नवीन नेपालीको उपचारार्थ भरतपुरतर्फ लैजाादै गर्दा बाटैमा मृत्यु भएको छ भने गम्भीर घाइते भई चितवन मेडिकल कलेजमा उपचारका क्रममा मोटरसाइकल चालक भरतपुर महानगर-५ बस्ने ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते म्याजिकमा सवार भरतपुर-२० का २० वर्षीय आशिष नेपालीको पुरानो मेडिकल कलेजमा र मोटरसाइकल पछाडि सवार भरतपुर-५ का ३९ वर्षीय श्याम खरेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जनाकारी दिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like