आइसल्यान्ड भ्रमण पछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

समाचार शेयर गर्नुहोस्

   

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ आज बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गर्नुभएको थियो डब्लूपीएलका संस्थापक एवम् अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गर्नुभएको थियो । आइसल्यान्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वसँग पनि भेट गर्नुभएको थियो । राष्ट्रपति भण्डारी सोमवार आइसल्यान्ड प्रस्थान गर्नुभएको थियो राष्ट्रपति भण्डारीले आइसल्यान्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको थियो । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ डब्लूपीएल ले गएको बुधवार राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको