भ्रष्टाचारको अन्त्य सहित मातृभूमिको रक्षा गर्नेछु : माधव भट्टराई

रत्ननगर । चितवन क्षेत्र नं–१ मा राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार माधव भट्टराई यतिबेला भोट माग्न जनताको घरदैलोमा छन् । राप्रपाले राष्ट्रियता र भ्रष्टाचारको अन्त्यलाई चुनावको मुख्य एजेन्डा बनाएको छ
।दलीय भागबन्डारुपी राजनीतिको अन्त्य गर्दै सन्तुलित र दीगो विकास सम्बन्धी नविनतम रणनीतिक योजना तता दिगो तथा आर्थिक विकासका लागि काम गर्ने योजना रहेको उनले बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा सहज पहुँच र समान पाठ्यक्रमको कार्यान्वयन, ज्येष्ठ नागरिकको सेवा तथा सुविधा वृद्धि, लोपोन्मुख जाति, भाषा, संस्कृतिको संरक्षण तथा अपाङ्ग र महिलाहरुलाई सीपमूलक कार्यक्रम सञ्चालन गरी उत्पादनसँग जोड्ने योजना रहेको भट्टराईले बताए ।

‘परिवर्तन छ हाम्रै पालामा’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका भट्टराईले विगत ३० वर्षमा पाँच–पाँच वर्षमा चुनाव भइरहने र सरकार फेरिइरहनेबाहेक जनताको जीवनमा परिवर्तन आउन नसकेको बताउँदै अब जनताले मत बदल्नुपर्ने समय आएको बताए ।

‘तपाईंहरु मत बदल्नुहोस्, हामी बदल्नेछौँ देश’, उनले भने, ‘राप्रपाले आफ्नो नीतिमा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुबराबर हो भनेको छ, त्यसैले हामी भ्रष्टाचार गर्दैनौँ र गर्न पनि दिदैनौँ ।’ राप्रपाले मातृभूमिको रक्षा, सार्वभौमसत्ता कायम गर्न र जनतामा देखिएको निराशाको बादल हटाउन दलहरुको विकल्पका रुपमा निर्वाचनमा होमिएको उनले दाबी गरे ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like