चितवन क्षेत्र नं.३ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले आगामी पाँच वर्षमा दश वर्ष बराबरको काम गरेर देखाउने दाबी गर्नुभएको छ। भरतपुर–२० चनौली बजारमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले गएको पाँच वर्ष आफ्नो अनुपस्थिति रहँदा पश्चिम चितवनको विकासमा पाँच वर्ष पछि धकेलिएको बताउनुभयो। पूर्वमन्त्रीसमेत रहनुभएका नेता पाण्डेले २०७४ सालको निर्वाचनमा जनताले चुनेर पठाएको नेतृत्वले जनताको मतको सदुपयोग नगरिदिँदा जनताले दुःख पाएको बताउनुभयो।
मंसिर ४ गते हुन लागेको निर्वाचन यसअघिका निर्वाचनभन्दा फरक र विशेष हुने उहाँको भनाइ छ। त्यसैले यो निर्वाचनमा सही नेतृत्व चुन्ने मौका गुमाएमा देश विकासमा २० वर्ष पछि धकेलिने बताउनुभयो। गएको पाँच वर्षकै अवस्था हेर्ने हो भने पनि देशबाट युवाहरूको विदेशिने लहर कम हुनुको सट्टा झन् बढ्दै गएको नेता पाण्डेले बताउनुभयो।चितवन जस्तो उर्वर भूमि भएको ठाउँमा कृषि उत्पादनलाई बढाउने र पर्यटन प्रवद्र्धन गराउन सके विदेशबाट पठाउने रेमिट्यान्सभन्दा बढी आर्थिक स्रोत स्वदेशमै जुटाउन सकिने उहाँको भनाइ छ। ७७ जिल्लामा नमुना काम गरेर देखाउने अठोट लिएर यसपटकको निर्वाचनमा होमिएको पनि नेता पाण्डेले बताउनुभयो। ‘म सांसद बन्ने रहर भएर आएको होइन, देशकै नमुना क्षेत्र बनाउँछु भन्ने सोचका साथ कम्मर कसेर लागेको छु,’ उहाँले भन्नुभयो, ‘किनकि सुरुवात आफैँबाट गर्नुपर्छ