एक वडामा युवा उद्यमी कार्यक्रम ल्याउछौं : सुरेन्द्र पाण्डे

समाचार शेयर गर्नुहोस्

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री हुन । चितवन क्षेत्र नं १ बाट उनी तेस्रो पटक चुनाव लड्दैछन् । राष्ट्रिय रुपमा एमालेले घोषणपत्र मार्फत सार्वजनिक गरेका योजना दीर्घकालिन महत्वका हुने गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार अर्थविद् डा.विश्वनाथ पौडेलसंग चुनावी प्रतिस्पर्धामा रहेका नेता पाण्डेले एक वडा एक युवा उद्यमी कार्यक्रमलाई मुख्य चुनावी योजना बनाएका छन् । एमालले ल्याएको सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धाको कल्याण मात्र गरेन पार्टीलाई समेत एसियाकै ठुलो पार्टीको रुपमा स्थापित गरायो ।
May be an image of 1 person

 

उनले खैरहनीमा निर्माणाधिन रंगशाला सम्पन्न गर्ने, रत्ननगरको पडेरियामा स्तरीय खेलमैदान निर्माण गर्ने,धर्मिक पर्यटनको प्रर्बद्धनको लागि धर्मधाम जिरौला,गायत्री हरिहर मन्दिर,राम मन्दिर र कृष्ण प्रणामी मन्दिर तथा गुम्बाको विकास गर्ने योनना रहेको बताए ।

बकुलहर रत्ननगर अस्पतालको स्तरोन्नती तथा शिक्षण अस्पतालको रुपमा विकास गरी नर्सिङ,फार्मेसी,ल्याब टेक्निसियन र एमविविएस विषयको पठनपाठन सुरु गर्ने, निसन्तान दम्पतीको लागि आइभिएफ सेवा सुरु गर्ने, खैरहनी र राप्तीमा सञ्चालित आधारभूत अस्पताललाई स्तरोन्नती गरी प्रसूति तथा वनजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याउने योजना रहेको उनले उनले बृद्धभत्ता पाँच हजार र दश हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने, लोथर देखि सौराहा सम्म कंक्रिट ड्याक निर्माण तथा निकुञ्ज र बस्तीको सिमानमा कंक्रिट पर्खाल निर्माण गर्ने, बैकल्पिक राजमार्गको रुपमा ठोरी–भण्डारा–लोथर–मलेखु चेपाङ मार्गको निर्माण सम्पन्न गर्ने, अमलेखगञ्ज देखि चितवन सम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने, पूर्वी चितवनमा चत्रपथ निर्माण सुरु गरिएको र यसलाई समयमै सम्पन्न गर्ने योजना रहेको नेता पाण्डेले बताए ।बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको