भरतपुर अस्पतालका प्रमुखलाई कारबाही गर्न निर्वाचन आयोगको मन्त्रालयलाई निर्देशन

निर्वाचन आचारसंहिता लागू भइसकेपछि भरतपुर अस्पतालमा कार्यरत डा. प्रशन्न नापितलाई अस्पताल प्रमुखले स्वास्थ्य सेवा विभाग, टेकुमा कामकाज गर्न सरूवा तथा रमाना दिएको आयोगले बताएको छ । डा. नापितलाई विभागमा कामकाज गर्न अस्पतालले गएको असोज २५ गते रमाना दिएको थियो ।

भरतपुर । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा भरतपुर अस्पतालका प्रमुख प्राडा कृष्णप्रसाद पौडेललाई विभागीय कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । प्राडा पौडेललाई सेवा सर्तसम्बन्धी कानुनबमोजिम विभागीय कारबाही गरी त्यसको जानकारी पठाउन आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

अस्पतालका प्रमुखसहित विभागका प्रमुखलाई समेत विभागीय कारबाही गर्न आयोगले मन्त्रालयमा लेखी पठाएको छ । आचारसंहिताविपरीत काम गरेको आरोपमा आयोगले दुवैजनालाई विभागीय कारबाही गर्ने कात्तिक २७ गते निर्णय गरेको हो।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पताल प्रमुखलाई विभागीय कारबाही गर्ने विषयमा लिखित पत्र नआएको बताए । ‘आचारसंहिता उल्लङ्घनको विषयमा आयोगले सोधेको स्पष्टीकरणको जवाफ हामीले उतिबेलै दिएको हो । विभागीय कारबाहीको विषयमा भने हामीलाई पत्र आएको छैन’, उनले भने ।

कर्मचारीको सरूवा विभागबाट भएको र विभागबाटै रमाना दिनू भनेर ताकेता गरेको हुनाले अस्पतालले रमाना दिएको कुरा स्पष्टीकरणको जवाफमा भनिएको उनले बताए । अस्पताल प्रमुख पौडेलले पनि सरूवा आफूले नगरेको र विभागले दिएको निर्देशनमात्रै पालना भएको बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like