जनलहर गठबन्धनको पक्षमा अार्कषित भएकाे उमेदवार कार्कीको दाबी

कावासोती । लोकतान्त्रिक वाम गठबन्धनबाट नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णुकुमार कार्कीले गठबन्धनका पक्षमा जनलहर बढदै गएको दाबी गरेका छन् ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको खुमबारी, देउराली, सर्दि बजार, अनिकरम, चिडिया, पिडरी, सुनई, ढयाहा, चिसापानी, सुनटाँडी, दुम्किबास बजार लगायतका स्थानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गदै कार्कीले आम मतदातामा गठबन्धनको आकर्षण बढदै गएकाले आफूहरुको पक्षमा जनलहर बढेको बताएका हुन् ।

‘हामीले यो क्षेत्रमा विकास अभियानलाई गति दिएका छौँ । कांग्रेसका विकास प्रतिको लगाव देखेर जनतामा कांग्रेससहित गठबन्धनको आकर्षण छ बढदो छ’, उनले भने, ‘चुनाव जितेर विकास र समृद्धिको अभियानलाई जनचाहना अनुरुप नै अगाडि बढाउँछौँ

कार्कीले सुकुमबासी समस्या समाधान, नारायणी नदी तटबन्ध, गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा त्रिवेणी दुम्किवास सडक योजना सम्पन्न गर्नसमेत गठबन्धनका उमेदवारहरुले जित्नै पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी नेता एवं गठबन्धनको तर्फबाट नवलपुर २ (ख) मा प्रदेशसभा सदस्य पदका उमेदवार डा. गोपाल खनालले विनयी त्रिवेणीमा एक प्राविधिक विद्यालय स्थापना गरेर प्राविधिक शिक्षालाई अगाडि बढाउने बताएका छन् ।

डा. खनालले निर्वाचन पछि प्रमुख समस्याको रुपमा रहेको सर्पदंश बिरामीको उपचारका लागि अस्पताल र प्रसूति गृहसहित १५ शैय्या अस्पताल स्थापना गर्ने बताए ।

डा. गोपाल खनालले आफूहरुले प्रतिबद्धता गरेपछि पूरा गरेर छोडने बताउँदै भने ‘जे बोल्छौँ त्यही गर्छौं, बोलेका कुरा पूरा गर्छौं’ । विगतका प्रतिबद्धता जनाएर गफ गर्ने प्रवृत्तिले जनता आजित भैसकेकाले गठबन्धनको जित सुनिश्चित रहेको खनालले दाबी गरेका हुन्

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like